ड्रिंक एण्ड ड्राइभ: एम्बुलेन्स दुर्घटनापछि तनहुँमा पक्राउ परे पोखराका मिया

पाेखरा | असार २१, २०८१

ड्रिंक एण्ड ड्राइभ: एम्बुलेन्स दुर्घटनापछि तनहुँमा पक्राउ परे पोखराका मिया

तनहुँ:   जिल्ला प्रहरी कार्यालय तनहुँले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चालाएको आरोपमा पोखराका एक युवालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मिया रहेका छन् ।

 

ग २ च ७००२ नम्बरको एम्बुलेन्स म्याग्दे गाउँपालिकामा दुर्घटना भएको थियो । 

 

त्यसपछि अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरेर चलाएको पुष्टि भएको भन्दै मियालाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीका  प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए ।
 

डिएसपी रायका अनुसार मियालाई अहिले अभद्र कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

 

मियाले विगतदेखि पोखरा महानगरपालिका–१३ मियापाटनस्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चलाउदै आएका थिए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्